नेपाली जनताको छ दशकदेखिको नेपालका लागि आवश्यक मूल कानुन सम्पूर्ण जनताको प्रत्यक्ष सहभागितामा उनीहरुले चुनेका प्रतिनिधिबाट बनाई राज्य संचालन गर्ने लक्ष्य र योजना यस पटक पनि संविधानसभाको विघटनबाट तुहाइएकोमा नेपाली जनसम्पर्क समिति पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको छ ।
सदियौंदेखि मिलेर बसेका हामी बहुजातीय,बहुभाषिक,बहुसांस्कृति,बहुधार्मिक र विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली नेपालीमा घृणा र प्रतिशोधको भावना विकसित गर्ने काममा विघटित संविधानसभाको सबै भन्दा ठुलो दल एमाओवादी नै लाग्नु एउटा दुर्भाग्यपूर्ण पक्ष हो भन्ने यस समितिको ठहर छ ।
दश वर्षसम्म रक्तपातपूर्ण विद्रोह संचालन गरि हजारौं नेपालीहरुको ज्यान लिएको पार्टीलाई बल र हतियारले बदला लिने होइन; बदल्नुपर्छ, बदलिने अवसर दिनु पर्छ भन्ने पवित्र लक्ष्यले नेपाली कांग्रेसले आफुले कयौं अफ्ठ्यारा परिस्थितीको सामना गरी अन्त्यहीन सशस्त्र युद्दमा रहेको एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको कुरा सर्वविदितै छ ।

त्यस पश्चात संविधानसभाको निर्वाचनबाट सबै जाती,धर्म,क्षेत्र,लिङ्ग,भाषिक र सांस्कृतिक समुहको समानुपातिक प्रतिनिधित्व रहेको एउटा उत्कृष्ट संविधानसभाको गठन भएको थियो, जसबाट संविधान निर्माणको अन्तिम घडीमा आएकोमा एकल जातीयतामा आधारित संघीयता नभई हुँदैहुन्न भन्ने माओवादी, मधेसवादी र एमाओवादीबाट उक्साहित जनजातिहरुको ढिपीका कारण संविधानसभा दुर्घटनामा परेको छ ।
परिणामतः नेपाल जस्तो अल्पविकसित देशको द्रुत विकास र समुन्नत नेपाल बनाउन खर्चिनु पर्ने अत्यन्तै महत्वपूर्ण समय, स्रोत र ऊर्जालाई नेपाली नेपाली आपसमा भिडाउनमा खर्च गरिएको र आउँदा दिनमा खर्च गर्नु पर्ने वातावरण सृजना गरिएकोमा एमाओवादी र प्रत्यक्ष अप्रत्यक्ष यस्ता कार्यमा संलग्न पक्षहरुप्रति नेपाली जनसम्पर्क समिती पोर्चुगलले घोर आपत्ति प्रकट गर्दछ ।

यस विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक पार्टीहरु र समाजका जिम्मेवार व्यक्तिहरुमा सदियौंदेखि मिलेर बसेका हामी नेपालीहरु बीचको सामाजिक सदभावमा कुनै आँच नपु-याई जति सक्दो छिटो सहमति र सहकार्य मार्फत देशलाई सबैले स्वीकार्य संविधान दिलाई नेपालमा रहेको गरिबी,अभाव र पछौटेपना न्युनिकरण गर्नका लागि जुद्द्न सम्पुर्ण पक्षलाई यस समिति हार्दिक अनुरोध गर्दछ ।
विनोद घिमिरे लक्ष्मीप्रसाद सापकोटा
महामन्त्री अध्यक्ष
१० जुन २०१२